• Fri. May 3rd, 2024

धेरै समयपछि दुबईमा भारत-पाकबिच क्रिकेट, 24 अक्टोबरदेखि वर्ल्डकप अभियानको थालनी गर्ने

Byadmin

Oct 21, 2021

धेरै समयपछि फेरि भारत-पाकिस्तानबिच क्रिकेट म्याच दुबईमा। आउँदो 24 अक्टोबरको दिनदेखि दुवै देशले आफ्नो वर्ल्डकप अभियानको थालनी गर्ने। दुबईको मैदानमा अहिलेसम्म टीम इण्डियाको प्रदर्शन उत्कृष्ट। मोठ 6 वटा म्याचमा पाँचवटामा विजयी त एउटा बराबरीमा टीम इण्डिया।

भारत अनि पाकिस्तानले आउँदो 24 अक्टोबरको दिनदेखि आफ्नो वर्ल्डकप अभियानको थालनी गर्नेछन्। यी दुइ टीम धेरै समयपछि एकअर्का विरुद्ध खेल खेल्न गइरहेछन्। यस म्याच शुरू हुनभन्दा पहिले नै विभिन्न प्रकारका अनुमानहरू लगाइँदैछन्।
दुबईको मैदानमा भारतीय टीमको आँकड़ा अति नै राम्रो रहेको छ। मैदानमा टीम इण्डियाले अहिलेसम्म कुनै पनि म्याच आफ्नो हातबाट फुत्काएको छैन। यस्तोमा पाकिस्तानको निम्ति भारतलाई हराउन गाह्रै पर्ला। टीम इण्डियाले दुबईमा मोठ 6 वटा म्याच खेलिसकेको छ अनि पाँचवटा म्याचमा जीत हासिल गरिसकेको छ भने एउटा म्याच बराबरीमा सकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *