• Thu. May 2nd, 2024

टी-20 क्रिकेट वर्ल्डकप : भारत-पाकिस्तानबिच भिड़न्त

Byadmin

Oct 24, 2021

टी-20 क्रिकेट वर्ल्डकपमा आज हुनेछ भारत बनाम पाकिस्तानबिच भिड़न्त। साँझ 7 बजेर 30 मिनटमा दुबईको अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा खेल्नेछन् दुइ टीम। आईसीसी टी-20 वर्ल्डकपमा सुपर 12 स्टेजको शुरुआत भइसकेको छ। भारत अनि पाकिस्तान दुवै टीम यस टुर्नामेन्टमा आज आइतबार आफ्नो पहिलो खेलमा एक आपस्तमा भिड़्नेछन्। यी दुइ टीमबिच टी-20 वर्ल्डकपको छैटौंपल्ट भिड़न्त हुँदैछ। दुवै चिर प्रतिद्वन्दी टीमबिच टी-20 को उक्त घमासान खेल आज साँझ 7 बजेर 30 मिनटमा दुबईको अन्तरराष्ट्रिय क्रिकेट स्टेडियममा हुनेछ। यूएई अनि ओमानमा सम्पन्न भइरहेको यस टी-20 वर्ल्डकपमा यसपटक भारत अनि पाकिस्तानलाई एउटै ग्रुपमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *