• Fri. May 3rd, 2024

विश्वकप टी-२० क्रिकेटको फाइनलमा पुग्यो अष्ट्रेलिया

Byadmin

Nov 12, 2021

पाकिस्तानलाई पराजित गर्दै विश्वकप टी-२० क्रिकेटको फाइनलमा पुग्यो अष्ट्रेलिया। न्युजील्याण्डसित हुनेछ फाइनलमा अष्ट्रेलियाको भिड़न्त । पाकिस्तानलाई हराउँदै अष्ट्रेलिया आईसीसी टि-२० विश्वकप २०२१ को फाइनलमा पुगेको छ। दुबाईको डीएससी मैदानमा बिहिबार सम्पन्न दोश्रो सेमिफाइनल खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई रोमाञ्चक खेलमा ५ विकेटले हराउँदै फाइनलमा स्थान बनाएको छ। अब अष्ट्रेलियाले उपाधिका लागि आइतबार हुने फाइनलमा न्युजिल्याण्डको सामना गर्नेछ। १७७ रनको विशाल लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ्ग गरेको अष्ट्रेलियाले ५ विकेटको क्षतिमा १९ औं ओभरमा जित हासिल गर्योर। लक्ष्य पछ्याउने क्रममा अष्ट्रेलियाको शुरुवात खराब रहेको थियो भने इनिङ्गसको तेस्रो बलमा शाहिन अफ्रिदीले आरोन फिन्चलाई शुन्य रनमा एलबीडब्ल्यूको धरापमा पारेका थिए। अफ्रिदीले पहिलो ओभरमा एक रन मात्र दिएका थिए। यसपछि डेभिड वार्नर र मिचेल मार्सले इनिङग्सलाई सम्हालेका थिए। दुवैले दोस्रो विकेटका लागि ३६ बलमा ५१ रनको साझेदारी गर्दै अष्ट्रेलियालाई सहज परिस्थितिमा पुर्याबएका थिए। पाकिस्तानले समूह २ को विजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएको थियो भने अष्ट्रेलियाले समूह १ को उपविजेतको रुपमा अन्तिम चारमा स्थान पक्का गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *