• Fri. May 3rd, 2024

सिन्कोना निर्देशालय अनि लाब्दा विभाग FINAL-मा – SPORTS VOLLEYBALL

Byadmin

Oct 27, 2021

नवउदय युथ कल्ब रम्बी-बीचकमान आयोजनामा भलिबल टुर्नामेन्ट बन्दैछ रोचक। टुर्नामेन्टको फाईनल खेलमा सिन्कोना निर्देशालय अनि लाब्दा विभागबिच हुनेछ भिड़न्त। नवउदय युथ क्लबको रम्बी-बीचककमानको आयोजनामा स्थानीय मङपूस्थित बीचकमान खेल मैदानमा भलिबल टुर्नामेन्टको दोस्रो सेमीफाईनल खेल आज बुधबार सम्पन्न भयो।उक्त दोस्रो चरणको सेमिफाइनल फाईनल खेल सिन्कोना निर्देशालय अनि रेसेप विभागमाझ भिड़न्त भएको थियो। पहिलो राउन्डमा रेसेप विभागले म्याचमा आफ्नो पक्षमा ल्याए तापनि दोस्रो राउण्डदेखि चौथो राउन्डमामा सिन्कोना निर्देशालयले जीत हासिल गरे। बुधबार सम्पन्न खेलको म्यान अफ द म्याच खेलाड़ी रजनिस सिङलाई कमल छेत्रीको बाहुलीबाट ट्रफी प्रदान गरियो। यसरी रोमाञ्चक बन्दै गएको भलिबल टुर्नामेन्टको फाईनल खेल आगामी ३१ अक्टोबरको दिन लाब्दा विभाग युथ कल्ब अनि सिन्कोना निर्देशालयमाझ सप्पन्न हुनेछ।टुर्नामेन्ट आयोजक समितिले बिजय अनि पराजय दललाई नगद राशी सहित ट्रफी प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *