• Fri. May 17th, 2024

T20 World Cup 2021 को सेड्युल गरियो सार्वजनिक

Byadmin

Oct 6, 2021

T20 World Cup 2021 को वार्मअप म्याचहरूको सेड्युल गरियो सार्वजनिक। टीम इण्डिया बनाम इग्ल्याण्डमाझ भिड़न्त दुबई इंटरनेशनल स्टेडियममा । इण्डियन प्रीमियर लीग (IPL) को 14 औ संस्करण आफ्नो चरममा रहेको छ अनि यसपछि क्रिकेट फ्रेण्ड्सलाई एउटा अझ मेगा इवेन्टको आनन्द प्राप्त हुनेछ। यूएइमा बहुप्रतीक्षित टी20 विश्व कप आइपीएल शुरू भइरहेको छ। यसको क्वालीफाइङ्ग म्याचहरूमा आठवटा टीमहरूमध्ये 17 देखि 22 अक्टोबरसम्म भिड़नेछ। तर यसको निम्ति सबै टीमहरू वार्म-अप म्याच खेल्न मैदानमा उत्रिनेछ,जसको सेड्युल प्रकाशमा आएको छ। शीर्ष आठ टीमहरू पहिले नै सुपर 12 को दौड़को निम्ति क्वालीफाइ भइसकेको छ अनि यसै अवधि टीमहरू अभ्यास म्याचहरूको साथमा मैदानमा उत्रिनेछ। जसको कार्यक्रम घोषणा इन्टरनेशनल क्रिकेट काउन्सिल अर्थात् आइसीसीद्वारा गरिएको छ।वार्मअप म्याच केवल दुइ दिन 18 अनि 20 अक्टोबरमा खेलिनेछ भने प्रत्येक दिन चार-चार म्याच सम्पन्न हुनेछ। 18 अक्टोबर सोनबारदेखि सम्पन्न हुने पहिलो म्याच अफगानिस्तान बनाम साउथ अफ्रीकामाझ शेख जायद स्टेडियम, अबू धाबीमा साढ़े 3 बजेदेखि शुरू हुनेछ। यसरी नै टीम इण्डिया बनाम इग्ल्याण्डमाझ दुबई इंटरनेशनल स्टेडियममा चौथौ म्य़ाच खेलिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *