• Fri. May 17th, 2024

ईपीएल फुटबल टुर्नामेन्टमा चेल्सी शीर्ष स्थानमा, म्यानचेष्टर युनाइटेड 14 पोइण्टसितै तेस्रो स्थानमा

Byadmin

Oct 3, 2021

इङ्ग्लिश प्रीमियर लीग (ईपीएल) फुटबल टुर्नामेन्टमा चेल्सी शीर्ष स्थानमा, म्यानचेष्टर युनाइटेडको ड्र 14 पोइण्टमा।

इङ्ग्लिश प्रीमियर लीग (ईपीएल)- फुटबल टुर्नामेन्टमा चेल्सीले अन्तिम समयमा हासिल गरेको दुइ गोलको सहायताले शनिवार चेल्सीले रोमाञ्चक जीत हासिल गऱ्यो भने म्यानचेष्टर युनाइटेड ड्र-मा रोकियो। आफ्नो होम ग्राउण्ड स्टेमफोर्ड ब्रीजमा खेल्दै चेल्सीले दशजना खेलाड़ीमा सीमित साउथम्प्टन विरुद्ध 3-1-ले जीत हासिल गऱ्यो। यस जीतको साथै चेल्सी 7 वटा म्याचमा 16 पोइण्टको साथ ईपीएल टेबलको शीर्ष स्थानमा पुग्यो।
यसरी नै, असल लयमा रहने एभर्टनले शक्तिशाली म्यानचेष्टर युनाइटेडलाई 1-1-को ड्र-मा रोक्यो। होम ग्राउण्ड ओल्ड ट्रेफर्डमा 72 प्रतिशत पोजेशनको साथ खेल्दै म्यानचेष्टर युनाइटेडलाई एन्थोनी मार्शियलले 43औं मिनटमै बढ़त दिलाए पनि मध्यान्तरपछि एण्ड्रोस टाउनसेण्डले 65औं मिनटमा गोल गरी एभर्टनलाई 1-1-को बराबरीमा पुऱ्याए। यस ड्र-पछि दुवै टीमसँग 7-7 वटा म्याचपछि 14-14 पोइण्ट रहेको छ तर गोल अन्तरको आधारमा म्यानचेष्टर युनाइटेड तेस्रो र एभर्टन चौथो स्थानमा छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *