• Fri. May 9th, 2025

RAHUL-ले गरे मुख्य कोचको पदको निम्ति आवेदन INDIAN CRICKET TEAM COACH

Byadmin

Oct 26, 2021

इण्डिया क्रिकेट टीमको नयाँ कोचको रुपमा राहुल द्रविडलाई देख्न सक्ने सम्भावना। द्रविडले मुख्य कोचको पदको निम्ति गरे आवेदन । राहुल द्रविडले मगंलवार टीम इण्डियाको मुख्य कोचको निम्ति आवेदन भरेका छन् ।भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (BCCI) -को सूत्रले न्यूज एजेन्सीलाई उक्त कुराको जानकारी गराए। राहुल द्रविड हाल बैङलोरमा स्थित राष्ट्रीय क्रिकेट अकादमी (NCA) को डायरेक्टरको रुपमा रहेको छ। मुख्य कोच चुनेपछि राहुल द्रविडले एनसीएको उक्त पदबाट राजीनाम दिन पर्नेछ। राहुल द्रविडलाई इण्डिया टीमको मुख्य कोच चुनिने लगभग निश्चित रहेको खबर छ। अर्कोतिर, भारतको पूर्व स्टाइललिश बल्लेबाज VVS लक्ष्मण NCA-को नयाँ डायरेक्टर बन्न सकिनेछ। VVS लक्ष्मण अनि BCCI -माझ बातचीत जारी रहेको बताइएको छ भने यस विषयलाई लिएर चाड़ै नै निर्णय हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *