• Fri. May 17th, 2024

हिमालयन रेलवे टोयट्रेन बोलेरोसित ठोक्किन पुग्यो, ट्रेनमा सवार यात्रीहरू सकुशल, बोलेरोमा थिएन कोही

Byadmin

Sep 22, 2021

हिमालयन रेलवे टोयट्रेन सिलगढ़ीछेउ डागापुर क्षेत्रमा बोलेरोसँग ठोक्किन पुग्यो। टोयट्रेनमा सवार यात्रीहरू भाग्यले बाँचे। ट्रेनमा 11 जना यात्रीहरू थिए। घटना साँझ 5 बजी डागापुर क्षेत्रमा भएको हो।

दार्जीलिङ हिमालयन रेलवेको टोयट्रेन दुर्घटनाग्रस्त भयो। उक्त दुर्घटना मंगलवार सिलगढ़ी नजीक डागापुर क्षेत्रमा भयो। डागापुरको रेलवे लाइनमाथि एउटा बोलेरो गाड़ी रोकिएको थियो। साँझपख दार्जीलिङदेखि न्यू-जलपाइगढ़ीगामी टोयट्रेन डागापुरको पञ्चनदी पार गरेपछि रेल लाइनमाथि रोकेको बोलेरोसित ठोक्किन पुग्यो। ट्रेनमा मोठ 11 यात्रीहरू थिए, तिनीहरू बिहार निवासी थिए र दार्जीलिङ घुम्न आएका थिए। तिनीहरू सबै भाग्यले बाँचे।
अर्कोतिर, लाइनमाथि रोकिएको बोलेरो गाड़ीमा कोही पनि थिएन। उक्त घटनामा कोही पनि घाइते भएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *