• Fri. May 17th, 2024

टिकाकरणमा राजनीति भइरहेको विधायकको आरोप, टीएमसी नेताको निर्देशमा भइरहेछ : शंकर घोष

Byadmin

Sep 15, 2021

कोरोनाको टिकाकरणमा राजनीति भइरहेको भाजपा विधायक शंकर घोषको आरोप। टीएमसी नेताहरूको निर्देशमा टिकाकरण चलिरहेको घोषको भनाइ।

कोरोना टिकाकरणलाई लिएर राजनीति भइरहेको आरोप लगाउँदै सिलगढ़ीका भाजपा विधायक शंकर घोष लगायत भाजपाका क्षेत्रीय नेताहरूसित धरनामा बसे।
उल्लेखनीय छ, मंगलवार यहाँको 24 नम्बर वार्डस्थित जगदीश चन्द्र विद्यापिठमा टिकाकरणलाई लिएर झमेला भएको थियो। स्थानीय मानिसहरूले केही व्यक्तिहरूलाई शिविरमा मात्र खोप लगाइएको अभियोग लगाएका थिए।
यसैबिच, आज बुधवार पनि तरूण तीर्थ क्लबमा टिकाकरणको आयोजन गरिएको थियो। यहाँ पनि राजनीति भइरहेको घोषले आरोप लगाए। आफू त्यहाँ जाँदा आफूलाई धक्कासमेत लगाएको तिनले आरोप लगाए।
घोषले भने, वार्ड नम्बर 24 –मा त्यहाँका टीएमसी नेताहरूको निर्देशमा टिकाकरण हुँदैछ। आफू त्यहाँ जाँदा एकजना टीएमसी नेताको इशारामा आफूलाई धक्कामुक्की गरिएको अनि स्कूटीलाई लात्तीले हिर्काएकोसमेत घोषले आरोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *