• Fri. May 17th, 2024

शंकर घोषको जाली प्रोफाइल मामिला प्रकाशमा
स्वयंद्वारा खुलासा, सबैलाई सतर्क रहने अनुरोध

Byadmin

Sep 12, 2021

भाजपा विधायक शंकर घोषको जाली प्रोफाइल बनाएर मानिसहरूबाट पैसा माग्ने मामिला आयो प्रकाशमा। विधायक स्वयंले गरे मामिलाको खुलासा। शुभचिन्तकहरूलाई सतर्क रहने विधायकको अनुरोध।

सिलगढ़ीका भाजपा विधायक शंकर घोषको फर्जी प्रोफाइल बनाएर मानिसहरूबाट पैसा माग्ने मामिला प्रकाशमा आएको छ। विधायक घोष स्वयंले यस मामिलाको खुलासा गरेका छन्।
उक्त मामिला प्रकाशमा आएपछि विधायक शंकर घोषले आफ्नो फर्जी प्रोफाइल बनाएर मानिसहरूबाट पैसा माग्ने काम भइरहेको अभियोग लगाएका छन्। यसैबिच, उनले आफ्ना शुभचिन्तकहरूसित यस प्रकारको जाली प्रोफाइल मार्फत् मानिसहरूबाट पैसा माग्ने गिरोहदेखि सावधान रहने अनुरोध गरेका छन्। यसको सूचना पुलिसलाई आफूले दिइसकेको विधायकले बताए।
स्मरण रहोस्, शंकर घोष हालै राज्य विधानसभा चुनाउ हुन केही दिनअघि मात्र सीपीआईएम पार्टी छोड़ेर भाजपामा सामेल भएका थिए। भाजपामा आएपछि पार्टीले उनलाई सिलगढ़ी विधानसभा सीटबाट आफ्नो उम्मेदवार बनाएको थियो अनि घोष चुनाउ जितेर पहिलोपल्ट विधायक बनेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *