• Fri. May 17th, 2024

डा. किङ गुनु घर्ती इन्टरनेशनल फाउन्डेशनको पहल

Byadmin

Oct 3, 2021

बाल गायक आह्वान थापालाई प्रमोशनको उद्देश्यमा डा. किङ गुनु घर्ती इन्टरनेशनल फाउन्डेशनद्वारा सिलगढ़ीमा संगीतमय कार्यक्रम आयोजित। कार्यक्रममा तीनवटा पुस्तकहरूको गरियो विमोचन। मङ्पु सिटोङका बाल गायक आह्वान थापालाई प्रमोशन गर्ने अनि नवकलाकारहरूलाई मञ्च प्रदान गर्ने उद्देश्यमा डा. किङ गुनु घर्ती इन्टरनेशनल फाउन्डेशनले सिलगढ़ीको देवकोटा संघ भवनमा संगीतमय कार्यक्रम आयोजन गरियो। कार्यक्रममा डा. किङ गुनु घर्तीद्वारा लिखित गीतहरू प्रस्तुत गरियो। यसैबिच, तीनवटा पुस्तकहरूको पनि विमोचन अतिथिहरूका बाहुलीबाट गरियो। कार्यक्रमको अध्यक्षता रुबेन गुरुङले गरेका थिए भने मुख्य अतिथि रतन कुमार थापा अनि अन्य अतिथिहरूमा मिलन रुचाल, बी. बी. विश्वकर्म, युवराज काफ्ले, प्रा. कृष्णराज घतानी, पीटी यल्मो आदि थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *