• Fri. May 17th, 2024

स्व. भण्डारीको ८१औं जन्म जयन्ती समारोहको समापन…

Byadmin

Oct 6, 2021

स्व. नरबहादुर भण्डारीको राज्य स्तरीय ८१औं जन्म जयन्ती समारोह विविध कार्यक्रमका साथमा भयो समापन। नरबहादुर भण्डारी खुल्ला स्मारक भलिबल टुर्नामेन्टको सीएलसी सोरेङ च्याखुङ बन्यो च्याम्पियन। ८१औं भण्डारी जयन्तीलाई केन्द्र गर्दै सोरेङ खेल मैदानमा आयोजित खुल्ला भलिबल टुर्नामेन्टमा सीएलसी सोरेङ च्याखुङले पीएसबीए सोरेङमा परास्त गर्दै च्याम्पियन बन्यो। रोमाञ्चक खेलमा पहिलो सेट पीएसबीए सोरेङले सीएलसी सोरेङ च्याखुङलाई २५-२० अंकको अन्तरले पराजित गऱ्यो। तर सीएलसी सोरेङ च्याखुङले दोस्रो सेटमा जोडदार वापसी गर्दै पीएसबीए सोरेङलाई २५-२० पोइन्टको अन्तरले परास्त गऱ्यो। तेस्रो र चौथो सेट पनि सीएलसी सोरेङ च्याखुङले नै २५-२२ र २५-१८ प्वाइन्टको अन्तरले जीत दर्ता गर्दै च्याम्पियन बनेको हो। टुर्नामेन्टका बिजेता टिमलाई पाँच लाख रुपियाँ र उपविजेता टिमलाई तीन लाख रुपियाँसहित आकर्षक ट्रफी मुख्यमन्त्री प्रेमसिंह गोलेको बाहुलीबाट प्रदान गरियो। यी दुवै टिममा धेरजसो अन्तर्राष्ट्रिय खेलाडीहरु थिए। मंगलबार सिक्किमका भूतपूर्व मुख्यमन्त्री स्व. नरबहादुर भण्डारीको राज्य स्तरीय ८१औं जन्म जयन्ती समारोह सोरेङ स्कूलको खेल मैदानमा भव्य कार्यक्रमबिच समापन भयो। समापन कार्यक्रममा राज्यपाल गंगाप्रसाद प्रमुख अथितिका रूपमा उपस्थित थिए भने कार्यक्रमका प्रमुख संरक्षक तथा मुख्यमन्त्री पीएस गोले विशिष्ट अथितिको रूपमा उपस्थित थिए। यसका साथै समारोहमा विभिन्न ओहोदामा आसिन अधिकारीगण लगायत संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *