• Sat. May 18th, 2024

सीमावर्ती इलाकामा नागरिकलाई राख्ने तयारीमा चीन

Byadmin

Oct 24, 2021

ड्रेगनको नयाँ चाल : भारतसितको सीमा विवादबिच ल्यायो नयाँ कानून। सीमावर्ती इलाकाहरूमा आम नागरिकहरूलाई राख्नका लागि गरिरहेछ चीनले तयारी । भारतसितको वास्तविक नियन्त्रण रेखा (एलएसी)-मा चलिरहेको तनातानबिच चीनले नयाँ चाल चल्न शुरू गरेको छ। चीनको नेशनल पीपुल्स कंग्रेसका स्थायी सदस्यहरूको तर्फबाट नयाँ भूमि सीमा कानून पास गरिएको छ। यस कानून अन्तर्गत चीनले सीमावर्ती इलाकाहरूमा आफ्नो दखल बढ़ाउँदै जानेछ। चीनले ती इलाकाहरूमा आम नागरिकहरूलाई राख्ने व्यवस्था गरिरहेको छ, जहाँ कुनै पनि अन्य देशका लागि उक्त इलाकाहरूमा सैन्य कार्वाही गर्न कठिनाइ पर्नेछ। चीनले आफ्नो यस कानूनलाई देशको सम्प्रभुता अनि क्षेत्रीय अखण्डताका लागि अहिंसक बताइरहेको छ। जस अन्तर्गत चीनको सीमावर्ती इलाकाहरूमा सुरक्षा व्यवस्था बढ़ाउने भएको छ। उक्त क्षेत्रहरूमा आर्थिक, सामाजिक विकासको साथ सार्वजनिक क्षेत्रहरू अनि इन्फ्रास्ट्रक्चर पनि विकसित गरिने भएको छ। सीमावर्ती इलाकाहरूमा मानिसहरू बस्ने अनि काम गर्नका लागि सीमा सुरक्षा, आर्थिक, सामाजिकबिच समन्वय बनाउनेछ भने उक्त कानून आउँदो वर्ष 1 जनवरीदेखि लागू हुनेभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *