• Sat. May 18th, 2024

सन्दर्भ : भ्याक्सिनको सर्वसुलभ उपलब्धता
संयुक्त राष्ट्रसंघले विश्वस्तरीय बैठक डाक्ने

Byadmin

Sep 24, 2021

संयुक्त राष्ट्रसंघले कोभिड 19 विरुद्धको भ्याक्सिन विषयमा एउटा छुट्टै बैठकको आयोजना गर्दै वर्ष 2022 -मा विश्वका नागरिकलाई कोभिड विरूद्ध भ्याक्सिनको सर्वसुलभ उपलब्धतामाथि चर्चा गरिइनु बैठकको मुख्य उद्देश्य रहेको 76औं महासभाका अध्यक्ष अब्दुल्लाह साहिदको भनाइ।

संयुक्त राष्ट्रसंघले कोभिड 19 विरुद्धको भ्याक्सिन विषयमा एउटा छुट्टै बैठकमा विश्वमा आगामी वर्ष 2022 –मा कोभिड भ्याक्सिनको उपलब्धताबारे आलोचना गर्ने भएको छ। वर्तमानमा संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी रहेको 76औं महासभाका अध्यक्ष अब्दुल्लाह साहिदले उक्त कुरो जनाएका हुन्। तिनले संयुक्त राष्ट्रसंघको महासभामा एक बैठक कोभिड विरूद्ध भ्याक्सिनबारे नै बस्ने अनि वर्ष 2022 -मा विश्वका नागरिकलाई कोभिड विरूद्ध भ्याक्सिनको सर्वसुलभ उपलब्धतामाथि कुरा उठाउने जनाए। अध्यक्ष अब्दुल्लाहले बैठकको आह्वान गर्दै उक्त मञ्चमा विश्वका सबै नेताहरूबिच आगामी वर्ष विश्वका सबै देशमा कोभिड भ्याक्सिनको सर्वसुलभ उपलब्धताको विषयमा आलोचना अनि भ्याक्सिनको सुनिश्चितताको कुरा हुने जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *