• Sat. May 18th, 2024

चीनमा फेरि बढ्यो कोरोनाको प्रकोप

Byadmin

Oct 22, 2021

चीनमा एकचोटि पुन: कोरोनाको प्रकोप। लगाइयो देशमा कठोर प्रतिबन्ध। मानिसहरूलाई घरभित्रै बस्ने चीनियाँ सरकारको निर्देश। चीनमा फेरि कोरोना भाइरसको संक्रमण फैलिने आशंका जताइएको छ। यस विषयलाई ध्यानमा राख्दै स्कूलहरू अनि हवाई यातायातलाई बन्द गरिएको छ। घरेलु स्तरमा अहिलेसम्म महामारीलाई नियन्त्रित गरेर राखे पनि लगातार पाँचौं दिनमा आएको नयाँ मामिलाले चीनियाँ सरकारलाई चिन्तामा पारिदिएको छ। यसपल्ट देशमा कोरोना संक्रमणको नयाँ मामिलाको निम्ति चीन प्राधिकरणले पर्यटकहरूको एउटा समूहलाई जिम्मेवार ठहराएको छ। उल्लेखनीय छ, यसमा अधिकतर मामिला उत्तर-पूर्वी अनि उत्तर-पश्चिमी प्रान्तमा प्रकाशमा आएको छ। बुधवार चीनको ग्लोबल टाइम्सको तर्फबाट चेताउनी जारी गर्दै मंगोलियामा नयाँ संक्रमितहरू पाएको कारणले कोइलाको आयात तथा निर्यात पनि प्रभावित हुनसक्ने जनाइएको छ। बिहीबारसम्म चीनमा 13 वटा नयाँ मामिला प्रकाशमा आइसकेको छ। यस मामिलालाई ध्यानमा राख्दै चीनले देशमा एकपल्ट पुन: प्रतिबन्धलाई बढ़ाइदिएको छ। स्थानीय स्तारमा सरकारले सतर्कताका साथमा टेस्टिङ प्रक्रिया शुरू गरी पर्यटनस्थलहरूलाई पनि बन्द गरिदिएको छ। यति मात्र नभएर प्रभावित क्षेत्रका स्कूलहरू, सम्पूर्ण मनोरञ्जन स्थलहरू लगायत हाउसिंग कम्पाउण्डमाथि पनि निषेध गरिदिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *