• Sun. May 19th, 2024

केन्द्रीय कर्मचारीहरूले प्राप्त गरे Diwali-को पुरस्कार

Byadmin

Oct 21, 2021

केन्द्रीय कर्मचारीहरूले प्राप्त गरे दिपावालीको पुरस्कार, महगाई भत्ता DA अनि महगाई राहत DR -लाई 3 प्रतिशत बढ़्यो, अब प्राप्त गर्नेछ 31 प्रतिशत डीए। केन्द्रीय मन्त्रीमण्डलले आज बिहिबार केन्द्र सरकार अधिन कर्मचारी अनि पेनशनधारकहरूको निम्ति महगाई भत्ता (DA) अनि महगाई राहत (DR) तीन प्रतिशत बढ़ाइ दिएको छ। उक्त निर्णयले देशको लगभग एक करोड़ कर्मचारीहरू अनि पेनशन धारकहरूलाई दिपावालीको सौगात सरह बनेको छ। अब सम्पूर्ण केन्द्रीय कर्मचारी अनि पेनशन धारकहरूलाई कूल 31 प्रतिशत डीए प्राप्त हुनेछ। बिहिबार बिहान भएको क्याबिनेट बैठकको समापनपछि केन्द्रीय मन्त्री अनुराठ ठाकुरले उक्त घोषणा गरेका हुन्। सरकारको अधिसूचना अनुसार उक्त लाभ 1 जुलाई 2021 देखि प्रभावी मानिनेछ। केन्द्र सरकारले 2020 मा कोरोना महामारीको कारण केन्द्र सरकारको कर्मचारीहरू अनि पेनशन धारकहरूको लागि महंगाई भत्ता अनि महगाई राहत लाभहरूलाई अस्थायी रूपमा रोकेका थिए। केन्द्र सरकारले यस अघि जुलाईमा कर्मचारीको डीए 11 प्रतिशत बढ़ाएर कूल 28 प्रतिशत गरिदिएका थिए। यस भन्दा अघि सरकारले 17 प्रतिशत डीए प्रदान गरिरहेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *