• Tue. May 14th, 2024

बम आतङ्कले भाटीबाड़ीमा मच्चियो सनसनी

Byadmin

Oct 23, 2021

बम आतङ्कले अलिपुरद्वारको भाटीबाड़ीमा मच्चियो सनसनी। कसले राख्यो बम? कहाँबाट आयो बम? पुलिसले जाँच गऱ्यो शुरू। पुलिस र बम स्क्वाड दल समयमै पुगी बमलाई बनायो निष्क्रिय। पुलिसद्वारा सम्पूर्ण क्षेत्रलाई गरियो नाकाबन्दी। अलिपुरद्वार 2 नम्बर ब्लकको भाटीबाड़ी ग्राम पञ्चायत अन्तर्गत पश्चिम कुमारीजान क्षेत्र निवासी जितेन दासको आँगनमा आज शनिवार बिहान दुइवटा ताजा बम देख्दा गाउँमा सनसनी मच्चिएको थियो। तत्कालै जितेन दासले पुलिसलाई यसको जानकारी दिँदा घटनास्थलमा पुलिस र बम स्क्वाड दल पुगेर उक्त बमलाई निष्क्रिय बनायो। घटनास्थलमा अलिपुरद्वार थानाको पुलिसबल पुगेर सम्पूर्ण क्षेत्रलाई नाकाबन्दी गराएको थियो भने बम कस्तो प्रकारको र कसले राख्यो, यसको जाँच चलिरहेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *