• Sat. May 18th, 2024

जो बाइडन-नरेन्द्र मोदीबिच आज हुनेछ भेटवार्ता अफगानिस्तानसितै अहम् मुद्दामाथि गरिनेछ चर्चा

Byadmin

Sep 24, 2021

अमेरिकी प्रेसिडेन्ट जो बाइडन अनि पीएम मोदीमाझ हुनेछ आज भेटवार्ता। अफगानिस्तानसमेत केही अहम् मुद्दाहरूमाथि गरिनेछ चर्चा।

प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार अमेरिका राष्ट्रपति जो बाइडनसित भेटघाट गर्नेछ। उक्त भेटघाट दुइ देशमाझ शीर्ष स्तरमा पहिलो वार्ता हुनेछ। दुइ नेताहरूबिच अफगानिस्तानमा बदलिदो स्थितिलाई मध्यनजर राख्दै चीन अनि पाकिस्तानको गठजोड़बाट उत्पन्न खतराहरूसित भिड़न्त गर्ने विषयलाई लिएर रणनीतिमाथि चर्चा हुनेछ। प्रधानमन्त्री मोदीले अमेरिका, भारत, आस्ट्रेलिया अनि जापानलाई लिएर बनिएको संगठन क्वाडको बैठकमा पनि सहभागी बन्नेछ। उक्त बैठक अगावै नरेन्द्र मोदीले आस्ट्रेलिया अनि जापानको प्रधानमन्त्रीहरूसित द्विपक्षीय चर्चा पनि गरिसकेका छन्। क्वाड देशहरूको गठबन्धन हिन्द-प्रशान्त क्षेत्रमा चीनको बढ़दो हस्तक्षेपसित भिड़न्त गर्नको निम्ति बनाइएको हो। उपराष्ट्रपति कमला हैरिससित पीएम मोदीको भेटवार्तापछि अब सबैको नजर जो बाइडन अनि पीएम मोदीको भेटवार्तामाथि रहेको छ। यसै क्रममा सीमा पारिको आतंकवादको मुद्दा, अफगानिस्तानको वर्तमान स्थिति, कोरोना महामारीसित लड़नको निम्ति नयाँ चुनौती अनि अफगानिस्तानमा बद्लिदो अवस्थालाई मद्देनजर चीन अनि पाकिस्तानको गठजोड़बाट उत्पन्न भएको खतराहरूसित भिड़न्त गर्न रणनीतिमाथि चर्चा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *