• Sat. May 18th, 2024

नाइजेरियामा हैजाको प्रकोप : 329 जनाको मृत्यु
धेरै संख्यामा मानिसहरूअझै पनि बिमार अवस्थामा

Byadmin

Sep 24, 2021

नाइजेरियामा हैजाको कारण 329 जना मानिसहरूको मृत्यु। धेरै संख्यामा मानिसहरू अझै पनि बिमार अवस्थामा।

नाइजेरियाको एक उत्तरी प्रान्तमा गत मार्च महीनादेखि शुरू भएको हैजाको प्रकोपको कारण कम्तीमा 329 जना मानिसहरूको मृत्यु भएको नाइजेरियाका एकजना स्वास्थ्य अधिकारीले जनाएका छन्। उक्त अधिकारीले नाइजेरियाको उत्तरी कानो राज्यमा हैजाबाट मानिसहरूको मृत्यु भइरहेको जनाएका छ। कानो राज्यका स्वास्थ्य अधिकारी सुलेइमान इस्लिया अनुसार राज्यका कम्तीमा 44 स्थानीय स्तरमा हैजाको प्रकोप फैलिएको कारण 329 जना मानिसहरूको मृत्यु भएको अनि धेरै संख्यामा मानिसहरू बिमार अवस्थामा रहेको जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *