• Mon. May 6th, 2024

विपक्षीरहित सरकार : नागाल्याण्डले रच्दैछ नयाँ इतिहास, सबै पार्टीहरू मिलेर विपक्षरहित सरकारको लिए निर्णय

Byadmin

Sep 19, 2021

विपक्षी दलबिना सरकार चलाउँदै एउटा नयाँ इतिहास रच्दैछ नागाल्याण्डले। राज्यका सबै पार्टीहरूले एक साथ मिलेर बिनाविपक्ष सरकार चलाउने लिए निर्णय। नागाल्याण्ड सरकारलाई संयुक्त लोकतान्त्रिक गठबन्धन (यूडीए)-को नामकरण दिइएको मुख्यमन्त्री नेफियू रियोको भनाइ।

देशको पूर्वोत्तर राज्य नागाल्याण्डले विपक्षी दलबिना सरकार चलाउँदै एउटा नयाँ इतिहास रचेको छ। यसैले बिना विपक्ष सरकार चलाउने नागाल्याण्ड देशको एकमात्र राज्य हुनेछ। नागाल्याण्डका सबै पार्टीहरूले बिनाविपक्ष एक साथ मिलेर सरकार चलाउने निर्णय लिएका छन्। नागाल्याण्ड विधानसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूले एक सर्वदलीय सरकारको गठनलाई अन्तिम रूप दिँदै सत्तापक्ष अनि सबै विपक्षी दलहरूले हात मिलाए। नयाँ सरकारलाई संयुक्त लोकतान्त्रिक गठबन्धनको नामद्वारा चिनिने छ, जसमा भाजपा पनि सामेल रहेको छ।
उल्लेखनीय छ, राजधानी कोहिमामा मुख्यमन्त्री नेफियू रियोको अध्यक्षतामा भएको बैठकमा विपक्षरहित सरकार अप्नाउनको निम्ति सर्वसम्मतिद्वारा प्रस्ताव पारित गरियो। मुख्यमन्त्री नेफियू रियोले उक्त निर्णयपछि ट्वीट गर्दै नागाल्याण्डमा विपक्षरहित सरकारको निम्ति संयुक्त लोकतान्त्रिक गठबन्धन (यूडीए)-को नामकरण भएको जनाए।

https://youtu.be/NflYwsXweeM

Leave a Reply

Your email address will not be published. Required fields are marked *