• Mon. May 20th, 2024

युथ रन-को प्रोमो म्याराथनमा गोरुबथान रनर्स टोली, 13 नोभेम्बरको दिन सिलगढ़ीमा हुनेछ युथ रन 2021

Byadmin

Sep 19, 2021

युथ रन २०२१ -को प्रोमो म्याराथनमा गोरुबथान रनर्सको 13 सदस्यीय टोलीले लियो भाग। युथ रन 2021 आउँदो 13 नोभेम्बरको दिन सिलगढ़ीमा हुँदैछ सम्पन्न।

गोरुबथान रनर्सका ट्रस्टी बिशाल परियारको अगुवाइमा शनिबार इन्सपिरिया सिलगढ़ीद्वारा आयोजित युथ रन २०२१ -को प्रोमो म्याराथनमा भाग लिए। सिलगढ़ी इन्सिपिरोयाको आयोजनामा १३ नोभम्बरको दिन सम्पन्न हुने म्याराथनको प्रोमो तथा अभ्यास रन शनिबार सिलगढ़ीमा सम्पन्न भएको थियो भने उक्त अभ्यास रनमा गोरुबथान रनर्स टोलीले पनि भाग लिएको थियो।
शनिबार बिहान ६:३० देखि शुरु भएको म्याराथन सिलगढ़ीको उत्तरायण परिसरभित्र धावकहरुले दौड़ लगाउँदै ५ किमी दुरी तय गरेका थिए। गोरुबथान रनर्स टोलीबाट ट्रस्टी बिशाल परियार, अगम राई, सुरज राई, अरुण राई लगायत १२ जनाले उक्त अभ्यास रनमा भाग लिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *