• Fri. May 17th, 2024

टिस्टा-कालेबुङ ट्याक्सी भाड़ा घटनाउनुपर्ने माग, भागोप्रमो युमोद्वारा आरटीओ र जिल्लापाललाई ज्ञापन

Byadmin

Sep 21, 2021

टिस्टादेखि कालेबुङको गाडी भाडा कम गर्नको निम्ति यात्रीहरुको पक्षमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टिस्टा युवा मोर्चाद्वारा कालेबुङ आरटिओ र जिल्लापाललाई ज्ञापन। टिस्टा-कालेबुङ ट्याक्सी चालकहरूले पुरानै भाड़ा लिइदिने आरटीओ-को निर्देश दिइएकोमा आरटीओ अनि जिल्लाशासकप्रति युवा मोर्चा टिस्टाद्वारा आभार व्यक्त।

विगत वर्ष कोरोना महामारीको समयमा वृद्धि भएको गाडी भाडा पहिलेकै दरमा लिनुपर्ने मागमा टिस्टादेखि कालेबुङसम्म यात्रा गर्ने यात्रीहरुको पक्षमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टिस्टा युवा मोर्चाले कालेबुङ आरटीओ र जिल्लापाललाई ज्ञापन चढायो। जसको फलस्वरूप आरटीओ कालेबुङले टिस्टा-कालेबुङका सम्पूर्ण ट्याक्सी वाहन चालकहरूलाई पुरानै गाड़ीभाड़ा लिइदिने निर्देश जारी गरिदिएकोमा युवामोर्चा टिस्टाद्वारा आरटीओ अनि जिल्लाशासकप्रति आभार व्यक्त गरेको छ।
उल्लेखनीय छ, टिस्टादेखि कालेबुङसम्मको दुरी १६ किलोमीटर छ भने कोरोनाकाल भन्दाअघि टिस्टादेखि कालेबुङसम्मको गाडी भाडा ६० रुपियाँ थियो भने कोरोनाकालमा यात्रुहरुको संख्या कम गर्दै गाडी भाड़ा सय रुपियाँको दरले लिइँदैथ्यो तर आजसम्म उक्त गाडी भाडा नघटाइएकोले क्षेत्रवासीलाई यति महँगो गाडी भाडा तिरेर आउजाउ गर्न धेरै समस्या परिरहेको छ। यही समस्यालाई ध्यानमा राख्दै भागोप्रमो युवामोर्चाले पहिलेकै दरमा ६० रुपियाँ गरेर गाडी भाडा बनाइनुपर्ने माग गरेका गर्दै जिल्ला आरटीओ अनि जिल्लाशासकलाई ज्ञापन बुझाएको थियो।ज्ञापन टोलीमा युवा सचिव सञ्जय कार्कीडोली, उपाध्यक्ष रुपेश राई, सुशील मंगर, सुरेन लोहार, चरण छेत्री आदिको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *