• Fri. May 17th, 2024

बलिउडमा गोरुबथानकी चेली, सोनामरिका तामङलाई जनाइयो सम्मान

Byadmin

Sep 23, 2021

भिजन गोरुबथान तथा गोरुबथानका प्रबुद्ध व्यक्तिहरूद्वारा बलिउडमा प्रवेश गरेकी सोनामरिका तामङलाई जनाइयो सम्मान।

गोरुबथान आहले बस्ती निवासी राजेन तामङ अनि रमला तामङकी छोरी सोनामरिका तामङले बलिवुडका प्रख्यात कलाकार आमिर खान प्रोडक्सनद्वारा निर्माण हुन गइरहेको फिल्म लालसिंह चड्डामा एउटा सानो भूमिका निभाउने मौका पाएकी छन्। यसरी गाउँकी छोरीले आफ्नै बलबुतामा बलिउडमा काम गर्ने अवसर पाएको खबरले गोरुबथानवासी हर्षित बनेका छन्।
बुधबार उनै चेली सोनामरिका तामङलाई भिजन गोरुबथानका सदस्यगण तथा गोरुबथानका अन्य प्रबुद्ध व्यक्तिहरूले खदा-माला लगाई सम्मान जनाए। यस सम्मान कार्यक्रममा धनराज राई, सनम थापा, हैदर अली, राजु मिजार, पियुस लेप्चा, सञ्जय शर्मा, बसन छेत्री, रोहित शर्मा, ओङ्देन मोल्हुमु, पुरण मंगर, महेश्वर प्रधान, अगम राई, डम्बर राई आदिको उपस्थिति थियो। धनराज राईले फूलको सुन्दर बोट सोनामरिकालाई उपहार प्रदान गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *