• Tue. May 21st, 2024

गोरुबथान आदिवासी सांस्कृतिक कल्याण समिति, छोटा फागु चियाबारीमा करम पूजा पालन

Byadmin

Sep 19, 2021

गोरुबथान आदिवासी सांस्कृतिक कल्याण समिति छोटा फागु चियाबारीको आयोजनामा करम पूजा पालन। आदिवासी समुदायको पौराणिक परम्परालाई यसरी नै यथावत् राख्दै अघि लैजाने आयोजक पक्षको भनाइ।

करम पूजा आदिवासी समुदायको सांस्कृतिक पर्व हो। प्रकृति पूजक आदिवासी समुदायले मूल रुपमा यस दिन एउटा विशेष वृक्षको पूजा गरी त्यसको हाँगा काटेर घरमा लगी पूजा गर्ने गर्छन्। यस दिन आदिवासी समुदायले व्रत बसी प्रकृति पूजा गरी नाचगान गर्ने गर्छन्। आफ्नो जातीय वेषभूषामा सजिएर मौलिक गीत गाउँदै आफ्नो जातीय वाद्यवादन बजाउँदै रमाइलो गर्ने गर्छन्।
यसै क्रममा गोरुबथानको छोटा फागु चियाबारी प्राथमिक पाठशालाको खेल मैदानमा आदिवासी सांस्कृतिक कल्याण समिति, छोटा फागु चियाबारीद्वारा भव्य रूपमा करम पूजा पालन गरियो। कार्यक्रमको प्रथमार्द्धमा वृक्षपूजा-अर्चना गरियो भने द्वितीयार्द्धमा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो। उपस्थित अतिथिहरुलाई पारम्पारिक ढंगमा पहेंलो टिका, पहेंलै फेटा लगाइदिएर स्वागत जनाइएपछि सांस्कृतिक कार्यक्रम शुरु भएको थियो। सुन्दर एकल एवं सामूहिक नृत्य तथा गीतहरुले कार्यक्रमलाई थप आकर्षित बनाएको थियो।
आदिवासी समुदायको पौराणिक परम्परालाई यसरी नै यथावत् राख्दै अघि लैजाने आयोजक पक्षले बतायो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *