• Fri. May 17th, 2024

गोरामुमो अध्यक्ष मन घिसिङ कालेबुङमा, सांगठनिक विस्तार : जिल्ला प्रतिनिधिहरुसित बैठक

Byadmin

Sep 19, 2021

गोरामुमो पार्टीका अध्यक्ष मन घिसिङ सांङ्ठनिक विस्तारको निम्ति कालेबुङमा। जिल्लाका प्रतिनिधिहरुलाई लिएर सांगठनिक गतिविधि, विस्तार एवं पार्टीको भावी रणनीति विषय बैठकमा गरियो चर्चा।

गोरामुमो अध्यक्ष मन घिसिङले पार्टीको सांगठनिक बिस्तारको क्रममा कालेबुङमा छन्। मन घिसिङ आफ्ना शीर्ष नेतृत्व टोलीका साथमा 23 नम्बर समष्टि अन्तर्गत डुङरामा बैठक बसी सांगठनिक बिस्तारलाई लिएर व्यापक छलफल गरे। केन्द्रिय समिति उपाध्यक्ष किशोर गुरुङ , केन्द्रिय समिति कार्यालय प्रवक्ता वाई लामा, केन्द्रिय समिति उपाध्यक्ष मौरिस कालिकोटे लगायत कालेबुङ जिल्लाका प्रतिनिधिहरुको व्यापक उपस्तिथिमा कालेबुङमा सांगठनिक गतिविधि साथै पार्टीको भावी रणनीति विषय बैठकमा चर्चा गरियो। दिल्लीमा हुने वार्ताको विषय लिएर पनि गोरामुमोको भूमिकाबारे सभामा छलफल गरियो।
यसैबिच, मन घिसिङले कालेबुङमा गोरामुमोको सांगठनिक गतिविधिहरुको जानकारी गराउँदै आउँदो दिनहरुमा कालेबुङमा पार्टीले भब्य रुपमा कार्यक्रमहरु गर्नुका साथै सांगठनिक गतिविधिलाई तीब्र पार्ने निर्देशसमेत दिए। उनले 1986 सालदेखि गोरामुमोलाई योगदान दिँदै जाति र माटोको निम्ति आन्दोलनमा आफ्नो अहम् भूमिका निभाउनेहरुलाई भुल्न नहुने, ती वीर शहीदहरु जसले जाति र माटोको उन्मुक्तिको निम्ति आफ्नो बलिदान दिएका छन्, उनीहरुलाई सम्मान जनाउने निर्देश पनि पार्टी कार्यकर्ताहरूलाई दिए। घिसिङले 1986 सालदेखि गोरामुमोमा आफ्ना पितासित कार्य गर्ने वरिष्ठ नेतृत्ववर्गसित भेट गरी आशीर्वाद लिने काम पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *