• Sun. May 19th, 2024

ट्रकबाट अवैध कफ सीरपहरू जफ्त, चालक पक्राउ

Byadmin

Oct 21, 2021

निमती आउटपोस्ट अन्तर्गत पर्ने पोरो क्षेत्रमा पल्टियो एउटा ट्रक। ट्रकबाट साइकलका कलपुर्जासहित प्रायः 15 हजार रुपियाँ बराबरको अवैध कफ सीरपहरू पुलिसद्वारा गरियो जफ्त। चालक 5 दिनको पुलिस हिरासतमा। मङ्गलवार राति लुधियानादेखि गुवाहाटीगामी एउटा ट्रक राष्ट्रिय राजमार्ग 31 कुदिरहेको समय अचानक कालचिनी थानाको निमती आउटपोस्ट अन्तर्गत पर्ने पोरो क्षेत्रमा पल्टियो। उक्त ट्रकलाई उद्धार गर्न जुटेका पुलिस बलले ट्रकमा लादिएको सामग्री जाँच गर्दा साइकलका कलपुर्जाहरू देखे अनि चालकले लुकाएर राखेको एउटा ब्यागलाई खोलेर हेर्दा त्यसमा प्रायः 15 हजार रुपियाँ बराबरको अवैध कफ सीरपहरू पुलिसले बरामद गऱ्यो। घटनबारे निमती आउटपोस्ट प्रभारी अमित शर्माको नेतृत्वमा ट्रकका चालक मिल्कत सिंहलाई पक्राउ गरियो भने ट्रकलाई उद्धार गरी कालचिनी थाना ल्याइयो। पक्रा परेका चालकलाई अलिपुरद्वार जिल्ला अदालतमा उभ्याएपछि 5 दिनको पुलिस हिरासतमा ल्याइएको कालचिनी थाना प्रभारी अनिर्बान मजुमदारले बताए। सम्भवतः चालकले अवैध रूपमा ड्रग्स व्यवसायीहरूसित सम्बन्ध राखेको हुनसक्ने आशंका पुलिसले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *