• Sun. May 19th, 2024

तोर्सा नदीले बगायो दुइ नानीलाई

Byadmin

Oct 20, 2021

अविरल वर्षाको कारण तोर्सा नदीको जलस्तर बढेकोले जयगाउँ संलग्न छोटा मेचे बस्ती सुक्राजोत इलाकाका दुइजना नानीहरूलाई नदीले बगाएको खबर छ। घटनाको जानकारी पाउनासाथ अलिपुरद्वार जिल्लाशासकको निर्देशमा कालचिनी बीडीओ प्रशान्त बर्मन लगायत कालचिनी पञ्चायत समितिका चेयरम्यान अरुणा परियार, जेडीए चेयरम्यान गङ्गाप्रसाद शर्मा लगायत अन्यान्य जनप्रतिनिधिहरू घटनास्थलमा पुगेका थिए। यसैबिच, जिल्ला प्रशासन एवं सम्पूर्ण पक्षबाट सक्रिय पहलमा निखोज नानीहरूलाई खोज्ने कार्य जारी छ। अहिलेसम्म उक्त नानीहरूको पत्तो लाग्न सकेको छैन। घटना अनुसार आज बुधवार बिहान तोर्सा नदी किनारी शौच गर्न गएका दुइजना नानीहरू क्रमैले 8 वर्षीय सबिना खातुन अनि 10 वर्षीय रुक्सा खातुन अचानक नदीमा चिप्लिएर डुब्दा निखोज भए। उक्त खबर फैलिनासाथ सम्पूर्ण जयगाउँ क्षेत्रमा नै सनसनी मच्चियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *