• Sun. May 19th, 2024

छात्राहरूलाई स्मार्ट फोन र इलेक्ट्रोनिक स्कुटी

Byadmin

Oct 21, 2021

प्रियंका गान्धीले गरिन् घोषणा, यूपीमा कंग्रेसको सरकार गठन भए छात्राहरूलाई प्रदान गरिनेछ स्मार्ट फोन अनि इलेक्ट्रोनिक स्कुटी। उत्तर प्रदेश कंग्रेसले घोषणा-पत्रमा छात्राहरूका लागि जुन निर्णय लिएको छ, त्यसमा आफू खुशी रहेको प्रियंकाको भनाइ। उत्तर प्रदेशमा 2022-को विधानसभा चुनाउमा कंग्रेसलाई मुख्यधारामा ल्याउनको निम्ति गम्भीर रूपसित प्रयासरत पार्टीकी राष्ट्रिय महासचिव प्रियंका गान्धी अहिले घरि सक्रिय भएको छ। उत्तर प्रदेशको प्रभारी प्रियंका गान्धीले पार्टीको घोषणा-पत्र तयार हुनअघि नै छात्राहरूका लागि ठूलो घोषणा गरेकी छन्। लखनऊदेखि आगरा जाने समय बुधवार महिला पुलिसकर्मीहरूको साथमा सेल्फी लिने अनि चोटिल छात्रालाई मलमपट्टी गरेपछि प्रियंका गान्धीले ठूलो कदम चालेकी हुन्। उत्तर प्रदेशको विधानसभा चुनाउमा 40 प्रतिशत सीट महिलाहरूलाई दिने घोषणापछि अब उनले छात्राहरूका लागि विभिन्न वाचाहरू गरेकी छन्। प्रियंकाले बिहीबार ट्वीट गर्दै आफू बुधबार केही छात्राहरूसित भेटेको तथा उनीहरूलाई पढ्ने वा सुरक्षाको निम्ति स्मार्टफोनको आवश्यक रहेको बताइन्। प्रियंका गान्धीले ट्वीटमा घोषणा समितिको सहमतिद्वारा आज उत्तर प्रदेश कंग्रेसले जुन निर्णय लिएको छ, यसमा आफू खुशी रहेको जनाएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *