• Fri. May 17th, 2024

चिन्नई अनि दिल्लीबिच आज हुनेछ भिड़न्त, बेलुकी 7.30 मा शुरू हुनेछ दुइ टीममाझको खेल

Byadmin

Oct 10, 2021

क्रिकेट इण्डियन प्रीमियर लीग अब अन्तिम चरण। चिन्नई सुपर किङग्स अनि दिल्ली क्यापिटल्सबिच दुबईको दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुनेछ निर्णायक खेल।

इण्डियन प्रीमियर लीगको 14औ सीजन अब आफ्नो अन्तिम चरण रहेको छ। लीगको भिडन्तमा उत्कृष्ट खेल प्रस्तुत गर्दै चारवटा टीमले प्लेअफमा स्थान बनाइसकेको छ। अब फाइनल टीमहरूको नामको निर्णयको निम्ति आइतबार साझँ टप दुइ टीम दिल्ली क्यापिटल्स अनि चिन्नई सुपर किङग्समाझ भिड़न्त हुनेछ। आइतबार सम्पन्न हुने यस म्य़ाचमा जीत हासिल गर्ने टीम फाइनलमा पुग्नेछ भने हार्ने टीमलाई एकपल्ट अझ मौका दिनेछ।चिन्नई सुपर किङग्स अनि दिल्ली क्यापिटल्सबिच उक्त म्याच दुबईको दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा समपन्न हुनेछ।यस म्याचको साझँको 7 बजे हुनेछ भने खेलको शुरूवात साझँ 7.30 बजेदेखि हुने भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *