• Fri. May 17th, 2024

आईपीएल : रोयल च्यालेन्जर्स बनाम सनराइजर्समाझ हुने

  • Home
  • आईपीएल : रोयल च्यालेन्जर्स बनाम सनराइजर्समाझ हुने

इण्डियन प्रीमियर लीग (IPL) -को 14औं सिजनको 52औं म्याच रोयल च्यालेन्जर्स बंगलोर बनाम सनराइजर्स हैदराबादमाझ आज हुँदैछ। शीर्ष दुइमा पुग्न दलहरूबिच हुनेछ रोमाञ्चक खेल। इण्डियन प्रीमियर लीग (IPL) -को 14औं सिजनको 52औं म्याच रोयल च्यालेन्जर्स बंगलोर अर्थात् आरसीबी अनि सनराइजर्स हैदराबादमाझ बुधबार दुबई अबुधाबीको शेख जायद क्रिकेट स्टेडियममा खेलिँदैछ। रोयल च्यालेन्जर्स बंगलोर अनि सनराइजर्स हैदराबादमाझ IPL 2021 के 52औं म्याचको टस भारतीय समयानुसार साँझ 7 बजे हुनेछ भने खेलको थालनी भारतीय समय अनुसार साँझ 7:30 बजेदेखि हुनेछ। उक्त खेलमा कुनै टीमको हार-जीतसित प्लेअफको रेसमा कुनै फरक पर्ने छैन। तथापि आरसीबीको साथमा शीर्ष दुइमा पुग्ने मौका रहनेछ भने हैदराबादको टीम सम्मानको लड़ाइँ जित्न चाहन्छ नै। यस्तो स्थितिमा बुधबार सम्पन्न खेल रोमाञ्चक हुने सम्भावना देखिन्छ।