• Tue. May 7th, 2024

कालचिनीका चारवटा क्लबलाई शारद सम्मान, सरकारी नियम एवं व्यवस्थाको आधारमा दिइयो सम्मान

Byadmin

Oct 13, 2021

कालचिनी बीडीओ प्रशासनद्वारा चारवटा क्लबलाई शारद सम्मान। सरकारी नियम अनुसार पूजा व्यवस्थाको आधारमा निर्णायक मण्डलीले दिएको अङ्क अनुरूप ट्रफीसहित अभिनन्दन-पत्र एवं 10 हजार रुपियाँको चेक गरियो प्रदान।

महासप्तमीको शुभ साँझलाई अवसर पार्दै कालचिनी बीडीओ प्रशान्त बर्मन लगायत कालचिनी पञ्चायत समिति, कालचिनी पुलिस प्रशासन अनि अग्निशमन विभागको संयुक्त पहलमा कालचिनी खण्डका चारवटा पूजा कमिटी क्लबहरू क्रमैले हेमिल्टनगञ्ज यङ्ग बोइज क्लब सरोजीत पल्ली, हेमिल्टनगञ्ज अग्रगामी सङ्घ, कालचिनी एथलेटिक्स क्लब र हाँसीमारा अग्रगामी सङ्घलाई सर्वश्रेष्ठ पूजा मण्डप, सर्वश्रेष्ठ सरकारी प्रकल्पको प्रदर्शन, सर्वश्रेष्ठ लाइटनिङ र मण्डप सज्जा साथै सरकारी नियम अनुसार पूजा व्यवस्थाको आधारमा निर्णायक मण्डलीले दिएको अङ्क अनुरूप ट्रफीसहित अभिनन्दन-पत्र एवं 10 हजार रुपियाँको चेक प्रदान गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *