• Tue. May 7th, 2024

बाराबिसा ट्राफिक पुलिसको प्रशंसनीय पहल, दुरगामी वाहन चालक-खलासीलाई चिया-पानी वितरण

Byadmin

Oct 13, 2021

बाराबिसा ट्राफिक पुलिसको प्रशंसनीय पहल। दुरगामी वाहन चालक एवं खलासीहरूलाई ट्राफिक पुलिसद्वारा चिया-पानी वितरण।

अलिपुरद्वार जिल्ला पुलिस अन्तर्गत बाराबिसा ट्राफिक पुलिसको तत्परतामा फूलपातीको साँझ 31सी राष्ट्रिय राजमार्ग बाराबिसा क्षेत्रमा बाराबिसा ट्राफिक प्रभारी लाक्पा लामाको नेतृत्वमा दुरगामी ट्रक वाहनहरूलाई रोक्दै चालक अनि खलासीलाई तातो चिया, पानी र खाजाभूजा वितरण गर्ने काम गरियो।
टाढ़ा हाँकिने वाहनका चालकहरू रातिको अनिद्राले थकित भएका हुन्छन् र कोही बेला वाहन दुर्घटना पनि हुने गरेको घटनालाई ध्यानमा राख्दै ट्राफिक पुलिसको तत्परतामा महासप्तमी तथा फूलपातीको साँझदेखि रातिसम्म चिया-पानी र खाजाभूजा वितरण गरिएको ट्राफिक पुलिस प्रभारी लाक्पा लामाले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *