• Sun. May 19th, 2024

पासङ लामाको हस्तक्षेपमा बन्यो सहमति

Byadmin

Oct 19, 2021

दुइ सप्ताहको वेतन नपाउँदा डिमा चियाबारीका श्रमिकहरू आक्रोशित। कालचिनी ब्लक तृणमूल सभापति पासङ लामाको हस्तक्षेपपछि वेतनमा बन्यो सहमति। गत दुइ सप्ताहको बकाया वेतन कमान प्रबन्धन पक्षले आजसम्म नदिएकोले कालचिनी थाना अन्तर्गत डिमा चियाबारीका प्रायः 800 जति श्रमिक परिवारहरू आक्रोशित बनेका थिए। कमानको कार्यालयअघि लगातार श्रमिकहरुले आन्दोलन गरिरहेको सुनेपछि तृणमूल कालचिनी ब्लक सभापति पासाङ लामा डिमा चियाबारी पुगे। श्रमिकहरुको गुनासो सुनेपछि पासाङ लामाले कमानको सिनियर म्यानेजरसित फोनमा कुरा गरी 14 दिनको वेतन भुक्तान गर्ने दबाउ दिएपछि श्रमिकहरुले वेतन पाउने कुरोमा सहमति बन्यो। यसबारे बोल्दै पासाङ लामाले डिमा चियाबारीका श्रमिकहरुको वेतन कमानको सिनियर म्यानेजर बाहिर गएको कारण नभइरहेको तर तिहारको मुखमा यसरी बकाया वेतन नपाउँदा श्रमिकहरु भड़्किएको बताए। कमानमा कुनै प्रकारको असहज स्थिति उत्पन्न नहोस् भनेर नै आफू यहाँ आएको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *