• Fri. May 9th, 2025

एसी मिलान बोलोग्ना विरुद्ध 4-2 गोलले विजयी

Byadmin

Oct 24, 2021

सेरी ए फुटबल टुर्नामेन्ट : रोमाञ्चक जीतको साथ शीर्ष स्थानमा एसी मिलान। म्याचमा एसी मिलानले बोलोग्ना विरुद्ध 4-2 -ले गऱ्यो जीत हासिल। एसी मिलानले च्याम्पियन्स लीगको निराशाजनक प्रदर्शनलाई भुलेर रोमाञ्चक जीतको साथ इटालियन सेरी ए फूटबलमा शीर्ष स्थान हासिल गऱ्यो। शनिवार राति खेलिएको म्याचमा एसी मिलानले बोलोग्ना विरुद्ध 4-2-ले जीत हासिल गऱ्यो। केही दिन अघि च्याम्पियन्स लीगमा पोर्तो विरुद्ध 1-0-ले पराजयको सम्मुखीन हुनपरेको एसी मिलानले यस म्याचमा पनि नौजना खेलाड़ीमा सीमित हुने बोलोग्ना विरुद्ध जीत हासिल गर्न निक्कै मिहिनेत गर्नु पऱ्यो। अदामा सौमारोलाई 20औं र रोबर्तो सोरिनोलाई 58औं मिनटमा रातो कार्ड देखाइँदा नौजना खेलाड़ीमा सीमित हुने बोलोग्नाले लड़ाकू प्रदर्शन गर्दै लगभग अन्तिम समयसम्म म्याचलाई 2-2-को बराबरीमा राखेको थियो। म्याचमा रफाएल लियोले 16औं मिनटमा एसी मिलानलाई बढ़त दिलाए भने डेविडे काराब्रिआले 35औं मिनटमा गोल गरी बढ़तलाई दोब्बर पारे। त्यसपछि एसी मिलानका दिग्गज खेलाड़ी ज्लाटन इब्राहिमोविचले आत्मघाती गोल गर्दा बोलोग्नालाई 49औं मिनटमा म्याचको पहिलो गोल हासिल भयो। त्यसपछि मुसा बारोले 52औं मिनटमा गोल गरी बोलोग्नालाई 2-2-को बराबरीमा पुऱ्याए। चरम दबाउबीच इस्माइल बेनासेरले खेलको 84औं मिनट अनि पछिबाट इब्राहिमोविचले 90औं मिनटमा लगातार दुई गोल गरी एसी मिलानलाई जीत दिलाए। यस रोमाञ्चक जीतको साथ एसी मिलान 9 वटा म्याचमा 25 पोइण्टको साथ सेरी ए टेबलको शीर्ष स्थानमा पुग्यो भने नवौं स्थानमा रहने बोलोग्नासँग 12 पोइण्ट रहेको छ। शनिवार राति खेलिएको सेरी ए-का अन्य म्याचहरूमा सासुओलोले वेनेजिआलाई 3-1-ले अनि सालेरनिटानालाई एम्पोलीले 4-2-ले पराजित गऱ्यो। यस जीतपछि एम्पोली 9 वटा म्याचमा 12 पोइण्टको साथ दशौं स्थानमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *