• Sun. May 19th, 2024

अभिनेत्री अनन्या पाण्डेको घर पुग्यो NCB TEAM

Byadmin

Oct 23, 2021

बलिवुड ड्रग्स मामिलामा जोडियो नयाँ नाम। अभिनेत्री अनन्या पाण्डेको घर पुग्यो NCB TEAM, 4/5 घण्टासम्म गऱ्यो NCB -ले घरको जाँच। जाँचपछि NCB पुग्यो शाहरुखको मन्नत। मुम्बई क्रुज ड्रग्स मामिलामा Star kid Aryan Khan -को बेल अझैसम्म रद्द भइरहेको छ। यसैबिच बलिवुड ड्रग्स मामिलामा अझ एउटा नयाँ नाम जोड़िएको छ। गत बिहीवार 21 Aug -को दिन NCB को TEAM अभिनेत्री अनन्या पाण्डेको घर पुगेको थियो। अनन्या पाण्डे अभिनेता चङ्की पाण्डेको छोरी हुन्। मुम्बई क्रुज ड्रग्स केशको छानबिनको क्रममा आर्यन खानको च्याट लिस्टमा अनन्या पाण्डेसँगको कुराकानी NCB लाई हात लागेको थियो, जसमा अनन्या आर्यनसँग ड्रग्स जोगाड़ गरिदिने कुरा गरेकीले यस मामिलामा उनी पनि संलग्न हुनसक्ने आशंकामा 21 Aug -को दिन NCB TEAM उनको घर पुगी लगभग 4/5 घण्टासम्म घरको जाँच गरेर अनन्यालाई NCB को कार्यालयमा हाजिर हुने निर्शेष दिएको थियो। NCB कार्यालयमा अनन्यलाई झण्डै 4 घण्टासम्म केरकार गरियो। स्मरण रहोस्, अनन्या पाण्डेको घर जाँचपछि NCB TEAM सिधै शाहरूख खानको घर मन्नत पुगेको थियो। शाहरुखको घर रेड गर्न नभएर आर्यन खानको मामिलासित सम्बन्धित अपुग दस्ताबेजहरूको खोजीमा NCB TEAM मन्नत पुगेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *