• Sun. May 19th, 2024

छोरा आर्यनलाई भेट्न पुगे शाहरूख आर्थर रोड जेल-

Byadmin

Oct 23, 2021

छोरा आर्यनलाई भेट्न पुगे अभिनेता शाहरूख खान आर्थर रोड जेल। मामिलाको सुनवाइ मिति बढाएर पुऱ्याइयो 30 Oct। सो दिन हुने सुनवाइमा पनि आर्यन खानको वेल हुनसक्ला? मुम्बई क्रुज ड्रग्स मामिलामा NCB द्वारा बिच समुद्रमा भएको छापामारीको क्रममा पक्रा परेका आफ्ना छोरा आर्यन खानलाई भेट्न 21 Oct बिहीवारको दिन अभिनेता शाहरूख खान आर्थर रोड जेल पुगेका थिए। NCB द्वारा बिच समुद्रमा गरिएको यो पहिलो छापामारी थियो। 3 Oct को दिन भएको उक्त छापामारीमा आर्यन लगायत उनका साथीहरू पनि पक्रा परेका थिए। उक्त दिनदेखि कारागारमा बन्दी रहेका आर्यनको जमानत याचिकाको निम्ति धेरै पहल गरियो तर एकपछि अर्को गर्दै अहिलेसम्म पनि जमानत याचिका खारेज नै भइरहेछ। लाखौँ कोशिशहरू गरिए पनि आर्यनको बेल अझै हुनसकेको छैन। अनुसन्धानको क्रममा आर्यन खानबाट केही प्राप्त नभएको र उनले आफूलाई निर्दोष बताइरहेका छन्। उनलाई उक्त पार्टीमा एक Guest को रूपमा मात्र निम्त्याइएको बताइँदैछ। हाल आर्यन लगायत उनका साथीहरू पनि जेलमै बन्द छन्। उनीहरूको जमानत याचिकाको सुनवाइलाई अहिले बढाएर 30 Oct पुऱ्याइएको छ। उक्त दिन हुने सुनवाइमा पनि आर्यन खानको वेल हुनसक्ने कुरामा भने अझै सन्देह नै छ। आर्यनको जमानतको निम्ति अब मुम्बई हाइकोर्टमा अपील गरिनेछ, जसको निम्ति उनका वकिलहरूले जोडदार तयारी गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *