• Sat. May 18th, 2024

पाँच दिनसम्म जेलमा बस्नुपर्ने भयो aryan khan

Byadmin

Oct 21, 2021

पाँच दिनसम्म अझै जेलमा बस्नुपर्ने भयो आर्यन खान। चारपल्टसम्म उकीलले कोर्टमा अर्जी-पत्र सुम्पिसकेका भए पनि आर्यनको जमानत अर्जी प्रत्येकपल्ट नै भइरह्यो खारेज। मुम्बई हाई कोर्टमा 26 तारीख हुनेछ फेरि आर्यनको सुनवाइ। ड्रग्स केसमा फँसेका अभिनेता शाहरुख खानका छोरा आर्यन खानको दु:खका दिन अझै घटेको छैन। बुधबार 20 अक्टोबरको दिन सेशन्स कोर्टले पनि आर्यन खानको जमानत अर्जीलाई खारेज गरिदियो। बुधबार नै आर्यनको वकीलले मुम्बई हाई कोर्टमा जमानतको निम्ति अर्जी-पत्र चढ़ाए। अब यस मामिलामाथि सुनवाइ आउँदो 26 अक्टोबरको दिन हुनेभएको छ। आर्यन खानलाई अझ पाँच दिनसम्म जेलमा नै बस्नुपर्ने भएको छ। आर्यन गत 13 देखि 20 अक्टोबरसम्म मुम्बईको आर्थर रोड जेलमा थिए। शाहरुख खानको वकीलले आर्यनको ज़मानतको लागि चारपल्टसम्म कोर्टमा अर्जी-पत्र सुम्पिसकेका छन्, तर प्रत्येकपल्ट नै आर्यन खानको जमानत अर्जी खारेज भइरह्यो। 20 अक्टोबरको सुनवाइमा सबैलाई लागेको थियो कि आर्यनलाई जमानत प्राप्त हुनेछ भनेर तर सेशन्स कोर्ट NDPS special Court -का जर्ज बीबी पाटिलले अर्जी खारेज गरिदिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *