जम्मू-कश्मीरको अनन्तनागमा सुरक्षाबल अनि आतंकवादीहरूबिच भएको भिड़न्तमा एकजना आतंकवादी मारियो भने एकजना पुलिसकर्मी भए घाइते। मारिने आतंकवादी टीआरएफ संलग्न रहेको पुष्टि। आतंकवादीहरूलाई सहयोग गर्ने एकजना व्यक्तिलाई गरियो पक्राउ।
जम्मू-कश्मीरको अनन्तनागमा सुरक्षाबलहरू अनि आतंकवादीहरूबिच आइतबार राति भएको भिड़न्तमा एकजना आतंकवादी मारियो। यस अपरेशनमा एकजना पुलिसकर्मी पनि घाइते भएका छन्। कश्मीर जोनको पुलिस अनुसार उक्त अभियान जारी रहेको बताए। गुप्त सूचनाको आधारमा पुलिसले आतंकवादीहरूलाई सहयोग गर्ने एकजना व्यक्तिलाई पक्राउ पनि गरिएको छ। यसै क्रममा लुकेर बसेका आंतकवादीहरूले पुलिस टीममाथि फाइरिङ गर्न शुरू गरेपछि उक्त भिड़न्त भएको थियो। उक्त भिड़न्तमा मारिएको आतंकवादीबाट एउटा पिस्तोल अनि ग्रेनेड फेला पारेको छ। यता, बान्दीपोरामा गुन्ड जहाँगिर क्षेत्रमा आतंकवादी रहेको सूचना पाएपछि पुलिस, सेनाको 13 राष्ट्रिय राइफल्स अनि सीआरपीएफको संयुक्त टोलीद्वारा छापामारी गरे। यसै क्रममा आतंकवादीहरूले सुरक्षा बलमाथि गोलीबारी शुरू गरे, धेरै समयसम्म भएको भिड़न्तमा एकजना आतंकवादी मारियो, जसलाई इम्तियाज अहमद डारको रूपमा चिन्हित गरिएको छ। ऊ टीआरएफ -को आतंकवादी थियो,जो शाहगुण्डमा भएको नागरिकको हत्यामा संलग्न थियो।