• Tue. May 13th, 2025

महाराष्ट्र सरकारद्वारा राज्यव्यापी बन्दको आह्वान, महाराष्ट्रमा सोमवार बन्दको असर प्रभावकारी

Byadmin

Oct 11, 2021

खीरीमा किसानहरूको हत्याको विरोधमा महाराष्ट्र सरकारद्वारा सोमवार राज्यव्यापी बन्दको आह्वान। महाराष्ट्रमा बन्दको असर प्रभावकारी।

उत्तर प्रदेशको लखीमपुर खीरीमा किसानहरूको हत्याको विरोधमा महाराष्ट्र सरकारले आज सोमवार राज्यव्यापी बन्दको आह्वान गरेको छ। एनसीपी, कंग्रेस अनि शिवसेनाको सत्तारूढ़ गठबन्धन महाविकास अघि (एमवीए) ले शनिबार राज्य देशको किसानहरूको साथमा छ भन्न खातिर यो केवल देखाउनुको निम्ति बन्दको आह्वान गरेको बताएका थिए। शिवसेनाका सांसद सञ्जय राउतले शनिवार तिनको पार्टी उत्तर प्रदेशको लखीमपुर खीरीमा किसानहरूको हत्याको विरोधमा 11 अक्टोबर महाराष्ट्रमा बन्दमा सक्रियताका साथ भाग लिने बताए। महाराष्ट्र सरकारद्वारा डाकिएको बन्दलाई लिएर दादर सर्कलमा सैयौं पुलिसकर्मीहरूलाई तैनाथ गरिएको छ भने यातायतमाथि पनि बन्दको असर देखियो। लखीमपुर खीरी हिंसाको विरोधमा महाराष्ट्रमा बन्दको असर मुम्बई अनि वरपरका क्षेत्रहरूमा पनि देखियो। बसहरू बिहानदेखि नै ठप्प रहे जसको कारण आम मानिसहरूलाई समस्याहरूको सामना गर्नु परिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *