• Sat. May 10th, 2025

75 जना छात्राहरूलाई दिइयो प्रशिक्षण/

Byadmin

Oct 8, 2021

आईसीडीएस प्रकल्पको आयोजनामा निःशुल्क आभूषण तयारी प्रशिक्षण। जबला एक्सन रिसर्च आर्गनाइजेशनको सहयोगितामा 75 जना छात्राहरूलाई दिइयो प्रशिक्षण। यस प्रकारको प्रशिक्षणले छात्राहरूलाई आत्मनिर्भर बन्ने दिशामा लाभ पुग्ने सीडीपीओ सायक दासको भनाइ। आईसीडीएस प्रकल्पको आयोजना अनि जबला एक्सन रिसर्च आर्गनाइजेशनको सहयोगितामा कालचिनी सीडीपीओ कार्यालयको हलमा स्कूल जाने छात्राहरुलाई लिएर निःशुल्क आभूषण तयारी गर्ने प्रशिक्षण सम्पन्न गरिएको कालचिनी सीडीपीओ सायक दासले बताए। मूलतः कालचिनी खण्डको भातखावा र बङ्गबारी चियाकमानका केही छात्राहरुलाई समेटेर उक्त आभूषण तयारी गर्ने प्रशिक्षण जबला एक्सन रिसर्च आर्गनाइजेशनको सहयोगितामा गरिएको र यो प्रशिक्षणमा हाल 75 जना छात्राहरुलाई समेटिएको जनाउँदै भोलि शनिवार जयगाउँ एक र दुइ नम्बर ग्राम पञ्चायत क्षेत्रमा यो प्रशिक्षण गरिने एवम् आगामी दिनमा सम्पूर्ण ग्राम पञ्चायतमा यो प्रशिक्षणको व्यवस्था गरिने योजना रहेको दासले बताए। कन्या छात्राहरुलाई यस प्रशिक्षणले आत्मनिर्भर बन्ने दिशामा लाभ पुग्ने आशा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *