• Mon. Feb 23rd, 2026

नशालु ट्याबलेट र कफ सीरपसहित एक युवक पक्राउ

Byadmin

Oct 8, 2021

नशालु ट्याबलेट र कफ सीरपसहित एकजना युवक पक्राउ। पक्रा पर्ने युवक भाटपाड़ा चियाबारी निवासी 21 वर्षीय इमाम जाफर अली रहेको पुलिसद्वारा पुष्टि। युवकलाई ड्रग्स एन्ड कस्मेटिक एक्ट अन्तर्गत अलिपुरद्वार जिल्ला अदालत पठाइएको जानकारी। दिनदिनै लागू पदार्थको कुलतबाट डुवर्सको गाउँघरको युवा पीढ़ी समाजमा विकृति उत्पन्न गर्ने कारक तत्त्वको रुपमा देखा पर्न थालेको कसैबाट लुकेको छैन। नशालु ट्याबलेट र कफ सीरपको सेवन गर्ने तथा यसैलाई व्यवसाय बनाउन थालेका युवाहरु अचेल समाजमा बग्रल्तै देखिन्छन्। पुलिस प्रशासनले यस्तो अपराधबाट समाज बचाउन सक्रिय भूमिका निर्वाह गरिरहेको क्रममा बुधवार राति एउटा गोप्य सूचनाको आधारमा एकजना भाटपाड़ा चियाबारी निवासी 21 वर्षीय इमाम जाफर अली नामक युवकलाई अवैध नशालु ट्याबलेट र कफ सीरपसहित पुलिसले पक्राउ गऱ्यो। उक्त युवकलाई ड्रग्स एन्ड कस्मेटिक एक्ट अन्तर्गत अलिपुरद्वार जिल्ला अदालत पठाइएको कालचिनी थाना प्रभारी अनिर्बान मजुमदारले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *