वर्षौंदेखिको चालापाड़ा बस्तीवासीको संकल्प पूरा भयो। डुवर्सभरिमै पहिलो दुर्गा मन्दिर निर्माण गरियो चालापाड़ा बस्तीमा। मन्दिर निर्माण कार्य समाप्त हुनुका साथै निकालियो कलश यात्रा अनि मन्दिरमा शुरू गरियो नौरथा पाठ। धेरै वर्षदेखिको गाउँलेहरूको संकल्प पूरा भएको छ। चालापाड़ा बस्तीका मानिसहरूले उत्साहका साथ कलशयात्रा निकाले। धेरै वर्षदेखि यस क्षेत्रमा एउटा दुर्गा मन्दिर निर्माण गर्न आवश्यक थियो। किनभने, सम्पूर्ण डुवर्स क्षेत्रभरिमै कहीं पनि दुर्गा मन्दिर नभएको कारणले चालापाड़ामा दुर्गा मन्दिर बनाउने उद्देश्य स्थानीय मानिसहरूले लिए पनि कतिपय कारण लगायत कोरोनाले गर्दा सो मन्दिर निर्माण कार्य पूरा हुनसकेको थिएन। 2020 –मा नै यो मन्दिर निर्माण कार्य सकिने भए तापनि कोरोनाको कारणले गर्दा उक्त मन्दिर निर्माण हुनसकेको थिएन भन्दै अन्तत 2021 –मा आएर उक्त मन्दिर निर्माणको लक्ष्य सफल भएको स्थानीय मानिसहरू बताउँछन्। पहिलोपटक देवी दुर्गाको प्रतिमालाई लिएर मानिसहरूले नगर परिक्रमा गर्दै कलश यात्रा निकाल्ने काम गरे। घटस्थापना नयाँ मन्दिरमा शुरू गर्दै नौरथाको पाठ लगाइएको छ।