• Sat. May 10th, 2025

पहाड़मा अर्को राजनीतिक पार्टीको आगमननयाँ समीकरण नयाँ पार्टीमा परिणत

Byadmin

Sep 9, 2021

पहाड़ फेरि एक अर्को राजनीतिक पार्टीको भयो आगमन।अनित थापाको नयाँ समीकरण नयाँ पार्टीमा परिणत। नयाँ समीकरणको पहल अहिले आएर नयाँ राजनीतिक पार्टीमा परिणत भएको छ।आज दार्जीलिङ जिमखाना कल्बको हलमा नयाँ समीकरणलाई राजनीतिक दलमा समावेश गर्ने कार्यक्रम सम्पन्न भयो।अनित थापाको नयाँ समीकरणले आज जिमखाना कल्बको हलबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा नाममा परिणत भयो।कार्यक्रममा पार्टीको नाम सगैं दलको झण्डा पनि सार्वजनिक गरियो।उक्त अवसरमा कालेबुङका विधायक रूदेन सादा लेप्चा,अमर सिहं राई, जापका नेता अमर लामा लगायत अन्य व्यक्ति विशेषहरुको उपस्थिति रहेको थियो।अब पहाड़मा उदयमान भएको भारतीय गोर्खा प्रजातान्त्रिक पार्टीले जनताको हितार्थ कुन कुन मुद्दाहरुलाई लिएर कार्य गर्ने छ यो आगामी दिनहरुमा हेर्न बाकी रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *