गिद्दे पहाड़स्थित रोप वे निर्माण कार्यको निरक्षणमा पुगे बिमल गुरुङ। रोपवे कार्य थातिमा रहेको देखेपछि दु:ख प्रकट गरे गुरूङले। निर्माण कार्यलाई अघाड़ी बढ़ाउँन सम्बन्धित निकाय समक्ष पहल गर्ने बिमलको भनाइ। गोजमुमो अध्यक्ष बिमल गुरुङ गिद्देमा पहाड़मा निर्माण कार्य अधुरै रहेको रोपवे- को परिभ्रमणमा पुगे। २०१७ अघि निर्माण हुँदै गरेको रोप वे अहिले पनि जस्ताको त्यस्तै रहेको बिमल गुरूङको भनाइ रहेको छ। क्षेत्रको स्थलगत् भ्रमणमा पुगेपछि बिमल गुरूङले करोडौं रुपैयाँको लागतमा बनिन्दै गरेको रोप वे अहिले पनि पूर्ण निर्माण हुन नसकेकोमा दुःख प्रकट गरे। यहाँको धेरैवटा समस्या समाधानको निम्ति आफ्नो कार्यकालमा खरसाङ क्षेत्रमा पर्यटकहरुलाई आकर्षित गराउन उक्त रोपवे-को निर्माण गरेको उनले बताए। रोपवे पूर्ण निर्माण भएर संचालनमा ल्याउन सके यहाँको बेरोजगारीको समस्या कम हुने, यहाँ होम स्टे, होटलहरु चल्ने, गाडी चलाएर घर चलाउने ड्राईभरहरूको आय श्रोत बढेर जाने जस्ता कुराहरू सोंचेर नै आफुले यहाँ रोप वे निर्माण गर्न चाहेको तर २०१७ पछि यो निर्माण कार्य अघि बढ्न नपाएकोले अब यसको निर्माण कार्य पूरा गर्नलाई जीटीए प्रिन्सिपल सेक्रेटरी, डीएमए, निर्माण कार्य गरी रहेको आईसीआर कम्पनी अनि सरकार पक्षसित पनि कुरा गर्ने उनले बताए ।