• Sun. May 19th, 2024

सिलगढ़ी मिलनपल्लीको लुगा दोकानमा लाग्यो आगो, आगलागीमा लाखौंको सम्पत्ति भयो नष्ट

Byadmin

Oct 22, 2021

सिलगढ़ी मिलनपल्लीको एउटा लुगा दोकानमा लाग्यो आगो। आगलागीमा लाखौंको समष्टि नष्ट। समयमै दमकल विभागका कर्मचारीहरू आई आगोलाई नियन्त्रणमा ल्याउन भए सफल।

सिलगढ़ीको 25 नम्बर वार्ड अन्तर्गत मिलनपल्लीस्थित एउटा लुगा दोकानमा बिहीबार साँझ अचानक आगोलागी हुँदा क्षेत्रमा सनसनी मचियो। उक्त आगलागीको घटनामा लाखौं रुपियाँको सम्पत्ति नष्ट भएको बताइएको छ। बिहीबार साँझ स्थानीय मानिसहरूले गोदामबाट आगोको रापसितै धूवाँ देखेपछि दमकल विभाग सूचना दिए। घटनाको खबर पाउना साथ दमकल विभागका दुइवटा गाड़ी घटनास्थलमा पुगी कर्मचारीहरूले आगोलाई नियन्त्रणमा ल्याउन सफल बने। आगलागी सट सर्किटको कारण भएको हुनसक्ने अनुमान लगाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *