• Wed. May 1st, 2024

सांसद राजु विष्ट पुगे बालासन ब्रीजको निरीक्षणमा

Byadmin

Oct 24, 2021

सांसद राजु विष्टले बालासन ब्रीजको निरीक्षण गर्दै लिए विस्तृत जानकारी। 25 दिनभित्रमा बालसनमा बेली ब्रिज बनिने तिनको भनाइ। दार्जीलिङका सांसद राजु विष्टले शनिबार मतिगढ़ास्थित क्षतिग्रस्त बनेको बालासन ब्रीजको स्थलगत निरीक्षण गर्दै ब्रीजको जानकारी लिए। तिनले ब्रीजको जानकारी लिएपछि एउटा अस्थायी बेली ब्रिज बनाउने घोषणा पनि गरे, जुन कार्य 25 दिनभित्रमा पूरा गरिने बताए। तिनले मतिगढ़ादेखि सालुगढ़ासम्म फोरलेनको निर्माण कार्य चाँड़ै नै शुरू हुने जनाउँदै उक्त निर्माण कार्य लगभग 1 हजार करोड़ लागतमा हुने बताए। यसका साथै सांसद विष्टले बालासनमा तीनलेनको नयाँ पुल पनि बनाइनेछ भन्दै केन्द्र सरकार पनि पहाड़मा पैह्रोबाट प्रभावित मानिसहरूको साथमा रहेको बताए। राज्य सरकारमाथि आरोप लगाउँदै सांसद विष्टले प्राकृतिक आपदाहरूसित जुझ्नका लागि राज्य सरकारले पर्याप्त पहल नगरेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *