• Wed. May 1st, 2024

बितेको 24 घण्टामा 15 हजारभन्दा धेर नयाँ मामिला

Byadmin

Oct 24, 2021

तिहारको सीजनमा बढ़न थाल्यो कोरोनाको मामिला। बितेको 24 घण्टामा संक्रमणको 15 हजार अधिक नयाँ मामिला प्रकाशमा। देशका केही राज्यहरूमा पुन: कोरोना संक्रमण मामिला बढ़न थालेको छ। पश्चिम बंगालसितै देशका अन्य तीन राज्यहरूमा बितेको साता दुर्गा पूजा, दशैंपछि कोरोना रोगीहरूको संख्या बढ़न थालेको हो। बंगाल, हिमाचल अनि असममा कोरोना मामिलहरूमा बढ़ोत्तरी भएको छ। बितेको 24 घण्टामा कोरोना संक्रमणको 15 हजार 9 सय 6 मामिला दर्ता गरिएको छ। यसभन्दा अघि शनिवार 15 हजार 9 सय 18 नयाँ मामिला आएको थियो। तथापि, एक्टिव मामिलाहरूमा लगातार ह्रास भइरहेछ। गत एक दिनमा कोरोनाको सक्रिय मामिला कम्ती भइरहेको छ। राज्यहरूमा यस वर्षको जुलाईपछि कोरोनाका मामिलाहरू तीव्र गतिमा बढ़िरहेको छ। बितेको चार दिनमा बंगालमा दैनिक केसको संख्या 8 सयदेखि अधिक भएको छ। यस साता मामिलाहरूमा वृद्धि हुने अन्य दुइ राज्य असम अनि हिमाचल प्रदेश पनि हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *