• Sun. May 19th, 2024

सर्वोच्च न्यायालयद्वारा चियाबारी प्रबन्धन पक्षलाई नोटिश
सिलगढ़ीमा 17 नोभेम्बरको दिन सुनवाइ हुने

Byadmin

Oct 22, 2021

सर्वोच्च न्यायालयद्वारा चियाबारी प्रबन्धन पक्षलाई नोटिश। सिलगढ़ीमा 17 नोभेम्बरको दिन सुनवाइ हुने। यस अवधिभित्र चियाबारी मालिक पक्षलाई आफ्नो रिपोर्ट बुझाउनुपर्ने अदालतको निर्देश।

चिया उद्योगमा व्याप्त अनियमितताबारे दर्ता मुद्दामाथि सुनवाइ गर्दै सर्वोच्च न्यायालयद्वारा मालिक अनि प्रबन्धन पक्षलाई नोटिश जारी गरिएको छ। पहाड़का सचल 84 वटा चियाबारीका मालिक पक्षले यसबारे आउँदो 17 नोभेम्बरको दिन सिलगढ़ीमा पूर्व न्यायाधीश अभय मनोहर साप्रेको अध्यक्षतामा गठित आयोगसमक्ष हुने सुनवाइ अवधिमा आफ्नो रिपोर्ट बुझाउनु पर्नेछ। शीर्ष न्यायालय पुगेको उक्त मुद्दाले निकास पाउनसके चिया श्रमिकहरूले केही न्याय पाउने अनि यहींबाट दार्जीलिङ चिया उद्योगको नयाँ भविष्य निर्धारण हुने सम्भावना रहेको जनाइएको छ।
यसबारे जानकारी दिँदै अधिवक्ता तथा अभागोली महासचिव प्रताप खातीले चौथौपटक गरेर पूर्व न्यायधीश अभय मनोहर साप्रेको अध्यक्षतामा गठित कमिटीको सिलगढ़ीमा आउँदो 17 नोभेम्बरको दिन सुनवाइ हुने जनाए। तिनले करोड़ौँ रुपियाँमा बिक्री हुने दार्जीलिङ चिया उद्योगमा व्यापक अनियमितता रहेको जनाउँदै भविष्य निधि, ग्य्राचुएटी, पेन्सन, मेडिकल अनि दैनिक हाजिरा भुक्तान लगायतका अन्य सरकारी सर-सुविधा एवं सहुलियतहरू नियमित नरहेको पनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *