• Sun. May 19th, 2024

राजभवन परिसरमा देखियो हिमालयन ब्ल्याक बियर

Byadmin

Oct 22, 2021

गान्तोकस्थित राजभवन परिसरमा देखा पऱ्यो हिमालयन ब्ल्याक बियर। धेरै मिहिनेतपछि भालु पक्रन वन्यकर्मीहरू भए सफल। भालुलाई निकुञ्जमा लगी छोड़िने विभागले दियो जानकारी। बुधबार बेलुकी अचानक सिक्किमको गान्तोकस्थित राजभवन परिसरमा जंगली भालु निस्केको हल्लाले स्तानीयहरूमा डर र त्रासको माहौल सृजना भएपछि सम्बन्धित विभागलाई यस विषयमा जानकारी गराइयो। वन विभागले तुरन्तै रेसक्यू कार्यलाई अघि सार्दै बिहीबार बिहानदेखि नै आफ्ना कर्मचारीहरू लगाएर भालु खोज्न शुरू गरेको थियो। विभागीय कर्मचारीहरूले भालुलाई ट्रयाग गरी दुइवटा ट्याङगुलर हानेका थिए भने एउटा ट्याङगुलर लागेपछि भालुलाई पक्रन कर्मचारीहरू सफल बने। उक्त भालुलाई वन विभागको पहलमा निकुञ्जमा लगेर छोड़िने सम्बन्धित विभागबाट बताइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *