• Mon. May 6th, 2024

वृद्ध-वृद्धाहरूलाई वितरण गरियो नयाँ कपड़ा, जन आवाज संघले वितरण गऱ्यो नयाँ कपड़ा

Byadmin

Oct 13, 2021

गैर-सरकारी संस्था जन आवाज संघले वितरण गऱ्यो गाउँका वृद्ध-वृद्धाहरूलाई नयाँ कपड़ा वितरण। सामसिङ ग्राम पञ्चायत अन्तर्गत विभिन्न गाउँका वृद्ध आमा-बाबुहरूलाई प्रत्येक वर्ष झैं यस वर्ष पनि बड़ादशैंको उपलक्ष्यमा संघले वस्त्र वितरण गऱ्यो। संघको मुख्य उदेश्य गाउँका वृद्ध आमा-बाबुको सेवा गर्नु रहेको संघ सचिवको भनाइ।

महान् चाड़ बड़ादशैंको पावन अवसरमा मानवताको उदाहरण प्रस्तुत गर्दै जन आवाज संघ सामसिङ केएफ बस्तीद्वारा गाउँका वृद्ध-वृद्धाहरूलाई नयाँ वस्त्र वितरण गरियो। सामसिङ ग्राम पञ्चायत अन्तर्गत रहेका विभिन्न गाउँका वृद्ध आमा-बाबाहरूलाई विगत वर्ष झैं यसपालि पनि बड़ादशैंको पावन उपलक्ष्यमा नयाँ कपड़ा वितरण गरियो। यसरी कपड़ा वितरण गर्ने क्रममा संघबाट अध्यक्ष दीपेन्द्र भूजेल, उपाध्यक्ष ममता राई र विन्दया कटुवाल, सचिव उदय छेत्री, सह-सचिव जितेन्द्र भूजेल र अनम (सुजीत) शेर्पा, शोभा छेत्री, भाषणमणि राई, राजकुमार राई, समिन्द्र राई, योगिता राई, रोशना राई, निलु राई आदिको उपस्थिति थियो।
जन आवाज संघको मुख्य उदेश्य यी वृद्ध आमा-बाबुको सेवा गर्नु र उनीहरुको हक र अधिकारको निम्ति काम गर्नु रहेको तथा सोही अनुरूप उनीहरूलाई वस्त्र वितरण गरिएको संघका सचिव उदय छेत्रीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *